२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आयो अनौठो यस्तो रोग, भेटिए दुईजना बिरामी



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ ।

भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताउनुभयो । सूक्ष्म प्रकारको किर्ना झाडी र घाँसेमैदानमा पाइने भएकाले यस्ता ठाउँमा जाँदा पूरा बाहुला भएको सर्ट र प्यान्ट्ससँगै जुत्ता लगाएर जानुपर्ने हुन्छ । अधिकारी अवस्थीले भन्नुभयो, “घाँसे मैदानमा बस्दा रुमाल वा अन्य कपडा ओछ्याएर बसे किर्ना सर्ने सम्भावना कम हुन्छ ।”

टाइफस रोग लागेमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहनी ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुनिने, पसिना आउने लगायतका लक्षण देखापर्ने गरेको उहाँको भनाइ रहेको छ । कडा किसिमको टाइफसको ब्याक्टेरियाले फोक्सोमा आक्रमणमा गरेमा बिरामीको मृ’त्युसमेत हुने गर्छ ।