८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आयो अनौठो यस्तो रोग, भेटिए दुईजना बिरामी



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ ।

भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताउनुभयो । सूक्ष्म प्रकारको किर्ना झाडी र घाँसेमैदानमा पाइने भएकाले यस्ता ठाउँमा जाँदा पूरा बाहुला भएको सर्ट र प्यान्ट्ससँगै जुत्ता लगाएर जानुपर्ने हुन्छ । अधिकारी अवस्थीले भन्नुभयो, “घाँसे मैदानमा बस्दा रुमाल वा अन्य कपडा ओछ्याएर बसे किर्ना सर्ने सम्भावना कम हुन्छ ।”

टाइफस रोग लागेमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहनी ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुनिने, पसिना आउने लगायतका लक्षण देखापर्ने गरेको उहाँको भनाइ रहेको छ । कडा किसिमको टाइफसको ब्याक्टेरियाले फोक्सोमा आक्रमणमा गरेमा बिरामीको मृ’त्युसमेत हुने गर्छ ।