३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा नेकपा एक मतले बिजयी, कांग्रेसले लगायो यस्तो गम्भिर आरोप



अ+ अ-

धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपाका उम्मेदवार जीवनराम सुवेदी एक मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई एक मतान्तरले हराएका हुन्।

नेकपा उम्मेदवार सुवेदीले छ सय २२ र कांग्रेस उम्मेदवार पालिखेले छ सय २१ मत ल्याएका हुन्। पालिखे एक मतले हारेपछि कांग्रेसले पुनस् मतगणनाको माग गर्दै नाराबाजी गरेको थियो।

मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको आरोप लगाउँदै कांग्रेसले नाराबाजी गरेको हो। निर्वाचन अधिकृतले भने पुनस् मतगणना नगरी सुवेदीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

तीन तहका ५२ स्थानका लागि गत शनिबार उपनिर्वाचन भएको थियो। जसमध्ये ४३ वडाध्यक्षका लागि चुनाव भएकोमा अन्यत्र यस्तो लफडा भएको थिएन।




भर्खरै