१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाली भान्सामा भारतीय तरकारी, बारीमै कुहिन्छ नेपाली उत्पादित तरकारी

नेपाली भान्सामा भारतीय तरकारी, बारीमै कुहिन्छ नेपाली उत्पादित तरकारी
अ अ+ अ-

गलकोट । वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ तर त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसान अधिकाशं गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् ।

उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताउनुभयो । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन । उत्पादित कृषि उपज आफैँ बोकेर एक डेढघण्टाको पैदल यात्राबाट बजारमा पु¥याउने गरेको गौतमको भनाइ छ ।

गौतमका अनुसार बजार पु¥याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । “थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पु¥याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौँ”, उहाँले भन्नुभयो ।

बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ । “गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ”, अर्का कृषक चन्द्रमणी शर्माले भन्नुभयो, “बोकेर लान धेरै सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौँ ।”

नगरपालिका भए पनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । बरेखानीका आठ घरपरिवारलाई अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन भए पनि बजार नपाउँदा समस्या भएको छ ।

बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौँ आम्दानी गर्ने कृषक गौतमले बताउनुभयो । “सडक छैन, डोकोमा बोकेर बजार लैजान कतिनै सम्भव हुन्छ र रु”, गौतमले भन्नुभयो । सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् ।

बर्सेनि सडक पु¥याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुयो । “बर्सेनि सडकमा लगानी गरेका छौँ”, उहाँले भन्नुभयो, “नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसाबले पु¥याउन कठिन भएको छ, हामी प्रयासरत छौँ ।” थापाका अनुसार गत वर्षमात्रै सडक विस्तारका लागि नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो ।

प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पु¥याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ ।