१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

नुवाकोटको विदुर नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नुवाकोटको विदुर नगरपालिकाद्वारा हाटबजार सञ्चालन
अ अ+ अ-

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधैँ उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले आजदेखि कृषि हाटबजार केन्द्र सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय बजारमा देखिएका असन्तुलित मूल्य अवस्था र त्यसमार्फत विचौलिया हाबी भएको भन्दै नियन्त्रणका लागि हाटबजार सञ्चालनमा ल्याइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा उचित मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाइ उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको छ ।

“किसानले उत्पादन गरेका सामग्री बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्तासमक्ष प्रत्यक्ष पु¥याउन सहज बन्नेछ,” नगरप्रमुख श्रेष्ठले भने, “उपभोक्ताबाट गरिएको मागअनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमा कृषि सामग्रीमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास छ ।”

किसानले उत्पादन गरेका सामग्री व्यवसायीमार्फत उपभोक्तामाझ पु¥याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ । किसानले लगानीअनुसार मूल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महँगो शुल्कमा ताजा र गुणस्तरीय सामग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको नगरपालिकाको बुझाइ छ ।

सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसका आधारमा हरेक आइतबार सेवा दिने गरेर हाट बजार केन्द्र सञ्चालमा ल्याएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले नगरपालिकाले गत मङ्सिरदेखि वडा नं ९ कोलनीमा हाटबजार सञ्चालनमा ल्याइएको थियो ।

उक्त बजारको प्रभावकारिता र थप स्थानबाट आएको मागका आधारमा वडा नं ४ स्थित हावाघरमा हाटबजार केन्द्रको विस्तार गरिएको हाटबजार कार्यक्रम सञ्चालनका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए ।

उनका अनुसार हाटबजारमा किसान तथा उद्यमीको उत्पादित सामग्री बिक्रीका लागि निःशुल्क स्थान उपलब्ध, मूल्य निर्धारण, बिक्रीको सुनिश्चितता नगरपालिकाले गर्नेछ ।