३१ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले विगतमा कहिँ न कहिँ केही न केही त्रुटि गरेकै छौँ: संयोजक दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । संयोजक दाहालले पार्टीभित्र हुर्केका गलत प्रवृत्तिहरूलाई फोहोरमैलाको संज्ञा दिँदै त्यसलाई सफा गरेर अघि बढ्ने उद्घोष गर्नुभयो ।

उहाँले जनताको घृणाले नभई नुहाइधुवाइ गरेर आऊ भनी जनताले सवक सिकाएको रूपमा पछिल्ला निर्वाचन परिणामहरूलाई बुझ्नुपर्ने बताउनु भयो । आगामी असोजभित्र सम्पन्न हुने महाधिवेशनले तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई स्थापित गर्ने उहाँको योजना छ । पुराना पुस्ताले नयाँ भुमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने वैचारिक बहस पार्टीमा चलिरहेको उहाँले जानकारी दिनुभयो । दाहालकाअनुसार सच्चिने संकल्प गर्नेहरू मात्र पार्टीमा रहने र रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने कठोर नीति अब अवलम्वन गरिनेछ ।

उहाँले भन्नुभयो, ‘ हामीले विगतमा कहिँ न कहिँ केही न केही त्रुटि गरेकै छौँ। हामी अहिले त्यसको आत्मचिन्तन, आत्ममन्थनमा छौँ । तपाईँहरूलाई थाहा छ हामी अहिले पार्टीको त्यस्तै बैठकमा बडो खुलास्त ढङ्गले सबै कमरेडलाई आफूलाई लागेका विचारहरू राख्ने अवसरको रूपमा किनभने यो ऐतिहासिक मोडमा हामी छौँ। जनताले हामीलाई केही न केही सबक सिकाउन खोजेको छ। जनताले सिकाउन खोजेका ती शिक्षालाई हामीले ग्रहण गर्ने अवसरको रूपमा लिनुपर्दछ। त्यसकारण हामी त्यही प्रक्रियामा छौँ। म अहिले अरु लामो व्याख्या नगरिकन हामी कुन ओरिएन्टेसनतिर जाँदै छौँ त, पहिला आफ्नै पार्टीका कमीकमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भएपनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रश्तुत गर्ने गरी छलफल गर्दै छौँ र हामी महाधिवेशन ६ महिनाभित्र हामीले भनेका छौँ । सकेसम्म आउने असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया शुरु भएको छ। पहिलो। दोस्रो हामीले यो बदलिएको देशको राजनीतिक जटिल परिस्थितिमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन पनि आवश्यक छ ।’

कम्युनिष्ट आन्दोलनको पुनर्गठन आफ्नो मुख्य प्राथमिकता रहेको उहाँले बताउनु भयो । देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउन आफूले पहल शुरु गरिसकेको जानकारी दिनुभयो । संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उहाँको तर्क छ । उहाँले आगामी असोजभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ संरचनामा जाने र वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने दाबी समेत गर्नुभयो ।