१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ ।

उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकाका विभिन्न स्थानहरूमा व्यापक चेकजाँच सञ्चालन गरी उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।

“हाम्रो अभियानको मुख्य उद्देश्य कारबाही गर्नु अनि राजस्व सङकलन गर्नु मात्र नभई सवारी दुर्घटना न्यूनीकरण गर्नु हो”, उनले भने, “हामीले चौबिसैँ घण्टा चेकिङलाई तीव्र बनाएका छौँ । नियम उल्लङ्घन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्नुका साथै चालक र सर्वसाधारणलाई नियम पालनाबारे जानकारी दिनु पनि हाम्रो प्राथमिकता हो ।”

पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई अझ प्रभावकारी बनाएको र यसअन्तर्गत मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जनाएको छ ।

काठमाडौँ उपत्यकामा रहेका स्कुल, कलेज तथा सार्वजनिक स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुरक्षित यातायात संस्कृतिको विकास गर्न प्रयास भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तोकिएको गति सीमा पालना गर्न, लेन अनुशासन कायम गर्न तथा ट्राफिक सङ्केतहरूको सम्मान गर्नसमेत आग्रह गरेको छ । नियम उल्लङ्घनले व्यक्तिगत मात्र होइन, सार्वजनिक सुरक्षामा समेत गम्भीर असर पार्ने भएकाले सबैलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, प्रविधिको प्रयोग बढाउँदै स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने तयारीसमेत भइरहेकाले उपत्यकाको यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए  ।