१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको आदेश



अ+ अ-

बिराटनगर । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सिद्धबाबालाई म्याद थप गरिएपछि उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ । प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै सिद्धबाबालाई प्रहरीले भेटायो थियो । तर, विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो ।

सोमबार बिहानै ४ बजे उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।