१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन



अ+ अ-

काठमाडौं । जनकपुरधाममा आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले  जानकारी दिए ।

हालसम्म आयकरवापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत रु तीन करोड १८ लाख ९९ हजार , व्याजकरवापत रु छ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरवापत रु ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कवापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत रु तीन लाख १० हजार, शिक्षाकरवापत रु एक हजार तथा अन्य वापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।

यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाएइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले रु चार करोड ३० लाख दाखिला गरेका बताए । आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।




भर्खरै