१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अब हेटौँडा काकाकुल हुने छैन !

अब हेटौँडा काकाकुल हुने छैन !
अ अ+ अ-

हेटौँडा । छ वर्षअगाडिसम्म हेटौँडामा खानेपानीको हाहाकार थियो । सुख्खा मौसममा अधिकांश धारामा पानी चढ्दैनथ्यो । पानीका लागि नगरवासीले स्थानीय कुखरेनी, राप्तीलगायत खोला किनारका कुवा तथा वरिपरिका प्राकृतिक धारासम्म धाउनुपथ्र्यो । ती खोलाहरुमा नुहाउने र कपडा धुनेहरुको भीड लाग्थ्यो । स्थानीय होटलहरुमा टिन तथा प्लास्टिकका ठूलाठूला ड्रमहरुमा खोलबाट पानी ओसारिन्थ्यो । सुख्खायाममा मात्र हैन वर्षायाममा पनि पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो ।

अहिले हेटौँडा खानेपानी बोर्डका अध्यक्ष एवं पत्रकार प्रताप विष्टको मेहनत, लगनशीलता र इमान्दारीसाथ लाग्ने हो भने प्रयासबाट काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको छ । अहिले पत्रकार विष्टलाई हेटौँडामा खानेपानीका ‘कुलमान’का पनि भन्न थालिएको छ ।

विष्ट नेतृत्वको खानेपानी बोर्डले पानी अभावमुक्त शहरका रुपमा परिणत गरिदिएका कारण विद्युत्भार कटौतीले दिक्क बनेका नेपालीलाई उज्यालो दिन भूमिका खेलेका कुलमान घिसिङसँग विष्टको कार्यशैलीसँग तुलना गरिएको हो ।

खानेपानी बोर्डका कर्मचारीहरु अध्यक्ष विष्टको दूरदर्शिता, कार्यशैली, दृढ अठोट र तत्परताका कारण कल्पना नै नगरेको परिवर्तन प्राप्त भएको बताउँछन् । अध्यक्ष विष्ट भने बोर्डका सहकर्मी तथा कर्मचारी र विशेष रुपमा उपमहानगरपालिका र त्यसका प्रमुख हरिबहादुर महतका कारण आफ्नो नेतृत्वले खानेपानीमा उल्लेख्य काम गर्न सकेको बताउनुहुन्छ ।

हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपात पनि धेरै हुन्थ्यो । बजारमा कुनै पनि कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थियो । तर आज हेटौँडामा एक प्रकारको चमत्कार भएको छ । अचेल खानेपानीका कर्मचारी खानेपानीको कर्मचारी भनेर सबैले चिन्नेगरी बनाइएको डे«स लगाएर हिँड्छन् । आफूलाई खानेपानीको कर्मचारी भनेर चिनाउन पाउँदा र डे«स लगाएर हिँड्न पाउँदा गर्व लाग्ने बताउँछन् ।

खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो । बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करिब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना । तर न त पानी पर्याप्त आउँथ्यो, न त आएको पानी नै खान लायक हुन्थ्यो । आज अवस्था फेरिएको छ । हेटौँडाको खानेपानी वितरणको सम्पूर्ण जिम्मा हेटौँडा खानेपानी बोर्डमा आएपछि बोर्डले खानेपानीको वितरणलाई मात्र चुस्तदुरुस्त बनाएन ग्राहकको सङ्ख्यालाई दुई गुणाभन्दा बढीले बढाएर १७ हजार ५०० पुर्योयो । तर कर्मचारी सङ्ख्या भने घटाएर ४९ मा झार्यो ।

खानेपानी बोर्डका कार्यकारी निर्देशक तिनै व्यक्ति हुनुहुन्छ, जो विगतमा संस्थानमार्फत खानेपानीको काम हुँदा सहायक प्रमुखका रूपमा काम गर्नुहुन्थ्यो सुदर्शन ढकाल । ढकाल, तत्कालीन समयमा चारपटक कार्यालयमा थुनिनुभएको थियो तर आज हिजोको दिनमा उहाँलाई गालीगलौज गर्नेहरु उहाँको प्रशंसा गर्छन् । बोर्ड अध्यक्षको दूरदर्शिता र सदस्यहरुबीचको संयोजन, कर्मचारीको इमान्दारपन, शीघ्र एवं सही निर्णय तथा कार्यान्वयनमा तत्परता र कुनै पनि प्रकारको बाह्य हस्तक्षेप नहुने हो भने परिवर्तन सम्भव रहेको कार्यकारी निर्देशक ढकालको भनाइ छ ।
खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हेटौँडा खानेपानीको इतिहास एउटा कुवाबाट शुरु भएको थियो । उहाँका अनुसार त्यसबेला पानी खानका लागि हेटौँडा–१ स्वर्गलोक भन्ने ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौँडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा (हाल तिरतिरे धारा) बाट पाइपको माध्यमबाट पानीको व्यवस्थापन गरिएको थियो । सानो बस्तीका रुपमा रहेको हेटौँडा बजारीकरणतर्फ लम्कँदै थियो ।

बसोबास बढेसँगै बिस्तारै घरहरु बढ्दै गए र मानिसको आवश्यकता पनि बढ्दै गयो । हेटौँडा खानेपानी विभागबाट २०२४ सालमा हेटौँडा–२ हरिकुञ्जमा पाँच लाख ४६ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी तत्कालीन हेटौँडाबाट ६ किलोमिटर टाढा भैँसेगाउँ पञ्चायत (हाल भीमफेदी गाउँपालिका) वडा नं ७ बुङ्गदोलबाट आठ इन्चको पाइपबाट पानी ल्याएर हेटौँडावासीलाई पानी खुवाउने कार्यको शुरुआत गरिएको थियो ।

करिब एक हजार ३०० धारा जडान गरी खानेपानी विभागबाट दिइँदै आएको सेवाको २०४० बाट भने व्यवस्थापन परिवर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको व्यवस्थापन हुन गयो । पछि २०४३ सालमा हरिकुञ्जमै पाँच लाख लिटर क्षमताको अर्को ट्याङ्की र कार्यालय भवन निर्माण भयो । साथै हेटाँैडा–४ कर्रामा दुईवटा वेल निर्माण भएको थियो । विसं २०४६ मा संस्थाकोे नाम परिवर्तन गरी नेपाल खानेपानी संस्थान राखी हेटाँैडाका आम उपभोक्तालाई खानेपानीको सेवा दिइँदै आएको थियो ।

सेवा क्षेत्र विस्तार गर्ने क्रममा २०५० मा हेटौँडा–८ कमाने र २०५८ मा हेटौँडा–९ लामसुरेका बासिन्दाले सञ्चालन गरेको खानेपनाी सेवा प्रणाली यस संस्थानमा गाभियो । पछि हेटौँडा विकसित बन्दै र बजार बढ्दै गयो । व्यापक जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको माग पनि अत्यधिक हुँदैगयो । उपभोक्ताको मागअनुरुप नेपाल खानेपानी संस्थानले खानेपानी सङ्कलन, उत्पादन र वितरण गर्न सकेन र हेटौँडामा पानीको समस्या दिनानुदिन बढ्दै जान थाल्यो । नगरमा खानेपानी समस्या बढ्दै गएपछि हेटौँडा नगरपालिकाका तत्कालीन प्रमुख डोरमणि पौडेलको पहलमा नगरपालिकाले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु १९ करोड बराबरको आयोजना सम्पन्न ग¥यो ।

यस योजनाले भने हेटौँडालाई केही राहत दियो यद्यपि हेटौँडाको खानेपानीको माग तीव्र गतिमा वृद्धि हुँदै थियो । मधेश आन्दोलनपछि हेटौँडामा बसाइँसराइका कारण खानेपानीको माग दोब्बर भयो । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटाँैडा खानेपानी व्यवस्थापन बोर्ड गठन भयो । बोर्डले २०६४ सालदेखि नै आफ्नो क्रियाकलाप अगाडि बढाउँदै गएको अवस्था थियो ।

नेपाल सरकारको निर्णयबमोजिम नेपाल खानेपानी संस्थान हेटौँडा शाखा विधिवत् रुपमा २०७० जेठ ८ गतेका दिन हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिनदेखि बोर्डले विधिवत् रुपमा हेटौँडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली सञ्चालन गरेको थियो ।