१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

राष्ट्रिय गौरवका दुई आयोजना : कागलाई वेल पाक्यो हर्ष न विस्मात् !

राष्ट्रिय गौरवका दुई आयोजना : कागलाई वेल पाक्यो हर्ष न विस्मात् !
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले राससलाई जानकारी दिनुभयो ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

यस्तै गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ । यसैगरी बबई सिँचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ । रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ ।

यसैगरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १०० र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ ।

आयोगले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ । आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक १०० र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ ।

पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ । लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १०० र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हुलाकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण (कोशी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ ।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण (कर्णाली) लोकमार्गको भौतिक १०० र वित्तीय पनि १०० नै उपलब्धि छ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको भौतिक १०० र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ ।

आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले सुनाउनुभयो ।