१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थापना दिवश : तीन प्रश्नको उत्तर खोज्न नेता विष्णु रिजालको आग्रह



अ+ अ-

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्यूनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ७७ औं स्थापना दिवशका अवशरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीनवटा प्रश्नको जवाफ खोज्नुपर्ने उनले बताएका छन् ।

रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक,संकटग्रस्त र बहसको अवस्थामा आएको उल्लेख गरेका छन् । एमालेका चार र तत्कालिन माओवादीका दुईजना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यस पटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भिर चिन्ताको विषय भएको रिजालको धारणा छ । रिजालले पार्टीलाई प्रतिकुलताबाट अनुकलतामा बदल्न कम्तीमा तीनवटा प्रश्नको जवाफ खोजेर सुधारको बाटोमा लैजानु पर्ने बताएका छन् ।

रिजालका अनुसार पराजित मनोविज्ञान,भद्धा कमिटी,अव्यवस्थित संगठन प्रणाली,पुरानै चिन्तन र म बाट सुरु भएरै ममै अन्त्य हुने कार्यशैलीकै रक्षात्मक बनेको कम्यूनिष्ट आन्दोलनलाई पहिलै कै अवस्थामा पुर्याउन सक्छौं भनेर जवाफ खोज्नुपर्ने छ ।

यसैगरी पार्टीमा सुधार,परिवर्तन र परिमाजर्नका लागि केही घोषणा गरेर नयाँ आशाको सञ्चार गर्न सक्छौं ? यस प्रश्नको पनि जवाफ खोज्नुपर्ने रिजालको भनाइ छ । रिजालले युवा पुस्ता (जेन जी)ले सुन्न,बुझ्न र अंगाल्न सक्ने पार्टीका रुपमा नेकपालाई विकास गर्न सक्छौं भन्ने प्रश्नको पनि जवाफ खोज्नुपर्ने बताएका छन् ।

‘चिन्ता मात्र होइन,चिन्तन गरौं । धेरै बिग्रीसकेको छ,केही अझै बचाउन सकिन्छ’ रिजालले कम्यूनिष्ट दर्शन उल्लेख गर्दै लेखेका छन् ‘विनाश वा विकासका लागि आन्तरिक कारण प्रधान हुन्छ , दोष अरुतिर मात्रै फर्काएर समस्याबाट मुक्त भयौं भन्दा यस भन्दा ठुलो दुर्घटनाले प्रतिक्षा गरेको हुन्छ ।’

नेपाल कम्यूनष्टि पार्टीको स्थापना २००६ साल बैशाख ९ गते अर्थात २२ अप्रिल १९४९ मा भएको थियो । यसका संस्थापक पुष्पलाल श्रेष्ठ,नरबहादुर कर्मचार्य,निरञ्जन गोविन्द बैद्य,नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन् ।




भर्खरै