२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौं : प्रमुख निर्वाचन आयुक्त



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला गराउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ ।”

यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसल्ला र योगदान पुग्ने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरुपमा आचार संहिताको पालना गराउन सफलता मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनमा हामीले सामूहिकरुपमा गरेको असल र राम्रो गराँै भन्ने साझा प्रणको प्रतिफल हो ।” आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचन गर्नु पर्नेस्थान थोरै भएपनि निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन गरी निर्वाचनका सबै विधि र प्रक्रिया अपनाएर चुनाव गरिएको बताउनुभयो ।

विगतका निर्वाचनमा निर्वाचन आचार संहिताको अनुगमन गर्न र पालना गराउन नसकेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा प्रचारप्रसारमा ठूलो धनराशी खर्च भएको आरोप आयोग माथि लगाइँदै आएको थियो ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गत शनिबार मुलुकका ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचनको सबै मत परिणाम निर्वाचन आयोगले आज दिउँसो सार्वजनिक गरिसकेको छ ।

निर्वाचनमा पाँच हजार ५४ कर्मचारी, ३१० मतदाता शिक्षा कार्यकर्ता खटाएको थियो । आयोगको परामर्शमा सरकारले गत साउन १६ गते उपनिर्वाचन घोषणा गरेकोमा त्यसको ठिक चार महिनामा आज मङ्सिर १६ गते उपनिर्वाचनको सबै मतपरिणाम घोषणा गर्न आयोग सफल भएको छ ।