२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नेपाली अधिकृतका लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण शुरू



अ+ अ-

काठमाडौंः भारतको फरिदाबादस्थित भन्सार, अप्रत्यक्ष कर तथा नार्काेटिक्स सम्बन्धी राष्ट्रिय प्रशिक्षण केन्द्र (नासिन) मा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे नेपाली अधिकृतहरूका लागि प्रशिक्षण शुरू भएकाे छ ।

नेपाल सरकारका २१ जना अधिकृतहरूकाे तेस्रो समूहले भाग लिइरहेकाे उक्त प्रशिक्षण यही मंसिर १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । नेपाल सरकारको अनुरोधमा ६० जना वरिष्ट अधिकृतहरुका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष रहेको सम्पत्ति शुद्धिकरण विभागले जनाएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्नेछ । यस अघि नेपाली अधिकारीहरुका दुई समूहले भारतमै प्रशिक्षण लिइसकेको छ । वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । योे एशिया, प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर काम गर्दछ ।