१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नेपाली अधिकृतका लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण शुरू



अ+ अ-

काठमाडौंः भारतको फरिदाबादस्थित भन्सार, अप्रत्यक्ष कर तथा नार्काेटिक्स सम्बन्धी राष्ट्रिय प्रशिक्षण केन्द्र (नासिन) मा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे नेपाली अधिकृतहरूका लागि प्रशिक्षण शुरू भएकाे छ ।

नेपाल सरकारका २१ जना अधिकृतहरूकाे तेस्रो समूहले भाग लिइरहेकाे उक्त प्रशिक्षण यही मंसिर १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । नेपाल सरकारको अनुरोधमा ६० जना वरिष्ट अधिकृतहरुका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष रहेको सम्पत्ति शुद्धिकरण विभागले जनाएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्नेछ । यस अघि नेपाली अधिकारीहरुका दुई समूहले भारतमै प्रशिक्षण लिइसकेको छ । वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । योे एशिया, प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर काम गर्दछ ।