२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी मन्त्री नेपालमा, खेलाडीको हौसला बढाउन रंगशाला पुगिन्



अ+ अ-

काठमाडौं । दक्षिण एशियाली खेलमा सहभागी बन्न नेपाल आएका करिब ३०० खेलाडीमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा फेममिदा मिर्जा नेपाल भ्रमणमा आएकी छिन् । सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबारसम्म नेपालमा रहने नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ । पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा मिर्जा पाकिस्तानी खेलाडीको उत्साह बढाउन नेपालको तीन दिने भ्रमणमा आएकी हुन् ।

पाकिस्तानले सन् १९८९ मा चौथो र सन् २००४ मा नवौं साग आयोजना गरेको थियो । विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३०० पाकिस्तानी खेलाडी नेपाल आएका छन् । पाकिस्तानले अहिलेसम्म एक स्वर्ण, ३ रजत र २ कास्य गरी ६ वटा पदक हात पारेको छ ।

त्यसैगरी भारतले १२, श्रीलंकाले १४ र बंगलादेशले ११ पदक हात पारेका छन् । नेपालले २२ पदकसहित अग्रस्थान हासिल गरिरहेका बेला मालदिभ्स र भुटानका खेलाडीले मंगलबारसम्म पदक हात पार्न सकेका छैनन् ।