२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर गोल्ड कप : केपिलासगढी गाउँपालिकालाई हराउँदै सात दोवाटो युथ क्लव सेमी फाइनलमा



अ+ अ-

भोजपुर। भोजपुरको प्रतिष्ठित भोजपुर गोल्डकप अन्तर्गतको मङ्गलबार भएको तेश्रो खेलमा केपिलासगढी गाउँपालिका खोटाङलाई हराउँदै सातदोवाटो युथ क्लव ललितपुर सेमीफाइनल प्रवेश गरेको छ ।

निर्धारित खेलमा सातदोवाटोले ३–० गोलले केपिलासगढीलाई पराजित गर्दे सेमीफाइनलको यात्रा तय गरेको हो ।

सातदोवाटोको लागि जर्सी नम्वर १८ का विकास दर्लामी मगर, जर्सी नम्वर ६ का समिर तामाङ र जर्सी नम्वर ३३ का प्रज्जवल चौधरीले १–१ गोल गरेका थिए भने केपिलासगढीका तर्फबाट कुनै गोल हुन सकेन ।

भोलि बुधबारको अन्तिम खेल प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ रद गोर्खाज फुटबल क्लब, उदयपुरका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।

भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा नवौँ संस्करणकारूपमा गत वैशाख ६ गतेदेखि प्रतियोगितामा सुरु भएको हो ।

प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ्ग, आयोजक भोजपुर जिल्ला फुटवल सङ्घ, सङ्खुवासभा ११, सङ्खुवासभा, सातदोवाटो युथ क्लव ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ्ग, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ रद गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख प्राप्त गर्ने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।  रासस