काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच हुँदैछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सो खेल ४ः४५ बजे सुरु हुनेछ ।