१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु

भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
अ अ+ अ-

काठमाडौं । दक्षिण भारतीय राज्य तमिलनाडुको एउटा पटाका कारखानामा भएको विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

सरकारी प्रशारण संस्था अल इन्डिया रेडियो (एआईआर) ले सो कुराको जानकारी दिएको हो । उक्त सञ्चारमाध्यमकाअनुसार कारखानाभित्र कामदारहरूले प्रज्वलनशील रासायनिक पदार्थहरू ओसारपसार गरिरहेका बेला सो दुर्घटना भएको हो ।

विष्फोटको समयमा कारखानाका चारवटा कोठामा गरी करिव ५० जना कामदारहरू उपस्थित रहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

विष्फोट यति शक्तिशाली थियो कि यसले कारखानाको भवनलाई तहसनहस बनाउनुका साथै संरचनामा पूर्ण रूपमा क्षति पु¥याएको अधिकारीहरूले बताएका छन् । प्रहरी र सम्बन्धित निकायले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेका छन् ।