१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन



अ+ अ-

घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो । सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ । भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, ऋचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको चलचित्र प्रदर्शन उपसमिति गठन गरिएको छ । त्यसैगरी जङ्ग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दीपेश पोखरेल, चोभार पौडेल, मीनराज खड्का र अञ्जना कुँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैरसरकारी निकाय तथा विभिन्न व्यक्तित्वसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रदेश नं ५ मा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने संयोजक पीडित बताउछन् । महोत्सवमा ऐतिहासिक चलचित्र प्रदर्शन गरिनेछ । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौतीलगायत विषयमा राष्ट्रियस्तरको बहस गरिने उनले जानकारी दिए । महोत्सवका अवसरमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तित्वलाई अवलोकन गराइने छ ।