१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जाइकाको ऋण सहयोगमा निर्माण विद्यालय भवन हस्तान्तरण

जाइकाको ऋण सहयोगमा निर्माण विद्यालय भवन हस्तान्तरण
अ अ+ अ-

बेत्रावती । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले रु एक करोड ४० लाख लागतमा बनाएको चारकोठे बहुविपद् प्रतिरोधी भवन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयमा व्यवस्थित भवन, दक्ष शिक्षक, पुस्तकालय, प्रयोगशालालगायष्त सुविधासम्पन्न सेवा भए पनि निजी विद्यालयमा सन्तान पढाउन आकर्षित हुने अभिभावककै कारण शिक्षाको गुणस्तर खस्केकामो चिन्ता व्यक्त गरे।

उनले नयाँ भवन निर्माण भएसँगै विद्यार्थी सङ्ख्या र शिक्षाको गुणस्तर बढाउनका लागि अभिभावकलाई जिम्मेवार बन्न आग्रह गरे । बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकासँग दरबन्दी मौजुदा रहेकाले विद्यार्थी सङ्ख्या बढाउने विद्यालयलाई मागअनुसार शिक्षक उपलब्ध गराइँदै आएको जानकारी दिए ।

उक्त अवसरमा विद्यालय परिसरमा निर्मित सरस्वती मन्दिरको नगरपालिकाको शिक्षा समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष हेमनिधि नेपालले उद्घाटन गरे। साढे चार वर्षअघिको भूकम्पले भवनमा क्षति पुगेपछि टहरामा अध्ययन गर्दै आएका विद्यार्थीका लागि बनाइएको नयाँ भवन जाइकाको ऋण सहयोगका भ्याली/गौरा जेभी कन्स्ट्रक्शनले निर्माण गरेको हो ।

उक्त निर्माण व्यवसायीले सम्झौता अवधिभन्दा ७७ दिन पहिला नै काम सम्पन्न गर्दैै विद्यालय हस्तान्तरण गरेको प्रधानअध्यापक लूरामणि पुडासैनीले जानकारी दिए । एकाइका आयोजना प्रमुख दीनानाथ गौतमका अनुसार नुवाकोटका ४५३ सामुदायिक विद्यालयमध्ये अधिकांश पुनःनिर्माणको प्रक्रियामा समावेश भइसकेकाले एक वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ ।