१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सडकका बेवारिसेलाई आश्रमको राहत

सडकका बेवारिसेलाई आश्रमको राहत
अ अ+ अ-

काठमाडौँ । सडकमै रात काट्ने र ढलमा फालिएको फोहर खाना खाएर छाक टार्ने मखमली तामाङका केही समयअघिका दिन कहाली लाग्दा थिए । घाम, पानी, हावाहुरी झरीको पर्वाह नगरी सडकमै कठिन र सङ्घर्षपूर्ण जीवन बिताउनु उहाँको बाध्यता थियो ।
सडकमा बस्नेलाई यो राजधानीको भीडमा वास्ता गर्ने कोही थिएन । श्रीमान्ले छोडेपछि एक्लिएर विक्षिप्त बनेर हिँड्नुभएकी मकवानपुरकी तामाङलाई अहिले भरपर्दो आश्रय मिलेको छ । उहाँलाई नयाँ जीवन दिँदै परोपकार समाजले उहाँजस्ता धेरै सहाराविहीनलाई सहारा दिँदै आएको छ । समाजले तार्केश्वर नगरपालिका–७ फुटुङमा सञ्चालन गरेको आश्रममा अहिले १५ जनाले आश्रय पाएका छन् ।

पीडादायी जीवनबाट ग्रसित बनी झण्डै मृत्यु रोज्ने अवस्थामा पुग्नुभएका उहाँको जीवन फेरिएको छ । “यहाँसम्म आउन पाउँला भनेर कल्पनासम्म पनि गरेकी थिइँन”, तामाङले भन्नुभयो, “भगवानको आँखा म भएको ठाउँमा पुग्यो, मलाई उद्धार गर्ने भगवान समान हुनुहुन्छ ।” धुँवा, धुलो र कोलाहलपूर्ण काठमाडौँको वातावरण र व्यस्त सडकमा भौतारिएर जीवन काटेकी मखमलीले अहिले शान्त मनोरम वातावरणको आश्रममा आश्रय लिइरहनुभएको छ ।

आश्रममा फूल र तरकारीखेती पनि छ । आश्रम तरकारीमा आत्मनिर्भर छ भने फूल बाहिर बिक्री गर्ने गरिएको छ । झकमक्क फुलेका थुङ्गे फूल, लटरम्म फलेका टमाटर, फुलेर सेत्तै देखिने फूलगोवी, यी सबैले गर्दा सौन्दर्य थपिएको छ ।

यहाँ परिवारबाट अपहेलित भएका, बिछोडिएका, खाना बस्न र लगाउन नपाएकै कारण शारीरिकरुपमा अस्वस्थ र कमजोर भएकालाई सहारा दिइएको छ । केहीले मानसिक सन्तुलन गुमाएका छन् ।
प्रेमिकाले धोका दिएपछि मानसिक सन्तुलन गुमाउन पुगेका पोखराका सुरज केसीले गुमाउनुभयो, र पुग्नुभयो सडकमा । उहाँ बगैँचामा फूल टिप्दै हुनुहुन्थ्यो । उहाँको अनुहार फूल जस्तै उज्यालो देखिन्थ्यो । न्यून दृष्टियुक्त व्यक्ति, अपाङ्गता र अशक्त भएकाले बाहेक सक्नेले खन्ने, फूल लगाउने, तरकारी लगाउने, टिप्ने काम गर्छन् । यसैगरी, बङ्गलादेशी नागरिक बताउने इकवाल आलमलाई कपनमा होमपाइपबाट उद्धार गरी आश्रममा राखिएको छ ।

समाजका अध्यक्ष दुर्गानाथ दाहालले आश्रममा ल्याइसकेपछि परिवारको खोजी गरी पुनर्मिलन गराइदिने कार्य पनि गरिने बताउनुभयो । उहाँले भारतसम्म पुगेर पनि पुनर्मिलन गराउन सफल भइएको अनुभव सुनाउनुभयो । उहाँले यस वर्ष आश्रमबाट करिब डेढ लाखको फूल बिक्री गरेको बताउनुभयो, “तिहारमा मात्रै फूलखेती गर्ने चलन छ”, दाहालले भन्नुभयो, “फूलको माग अत्यधिक छ, अबदेखि बाह्रैमास फूलखेती गर्ने योजनामा छौँ ।” उहाँले मनोरोगी फूलको बगैँचा देख्दा निकै खुशी हुने गरेको बताउनुभयो । फूलखेती गर्दा धेरैतिरबाट फाइदा हुने हुँदा यो खेती गर्न थालिएको बताउनुभयो । “उत्पादनमूलक कामसँग जोडिएर धेरै वस्तुमा आत्मनिर्भर बन्ने योजना छ”, उहाँले भन्नुभयो, “हामी सहयोग लिने मात्र नभएर अरुलाई सहयोगस्वरुप दिने गरी उत्पादनका काममा लागिरहेका छौँ ।”

आश्रममा मजदूरी गर्न नसकेर सडकमा अलपत्र परेकालाई पनि राखिएको छ । धेरै घरधनीले मजदूरलाई कोठा नदिने र भाडा महँगो हुँदा कोठा लिन नसक्ने हुँदा मजदूरको सडकको बास हुने गरेको बताउनुभयो । दाहालले विभिन्न दाताले दिएको सहयोगबाट आश्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । “सरकारबाट कुनै सुविधा पाएका छैनौँ”, उहाँले भन्नुभयो, “विदेशी सहयोग लिँदैनौँ ।” उहाँले कतिपय आश्रम बन्दीगृहजस्तै हुने हुँदा बस्नेलाई निकै समस्या पर्ने गरेको बताउँदै भन्ननुभयो, “हाम्रो आश्रम खुला वातावरणमा हिँडडुल गर्नसक्ने खालको खालको छ । फूल, तरकारी र विभिन्न खेतीले झनै आनन्द प्रदान गर्छ ।”