१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।

‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नारा का साथ भृकुटीमण्डपमा आजदेखि सुरु भएको हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उदेश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उदघाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो ।

केही समययता जुम्लालगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चाँसो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो ।

“सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरुले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको छ, अहिले पनि कर्णालको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको छ, अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसानलाई प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्नेछ”, उहाँले भन्नुभयो ।

यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात वृद्धि आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले अहम् भुमिका खेल्ने भनाइ राख्नुभयो । सो एक्स्पोबाट हस्तकलासँग सरोकार राख्ने लघु तथा मझौला उद्यमीका लागि लगानी र व्यापार दुवैको अवसरसमेत सिर्जना भएको उहाँको भनाइ छ ।

उहाँले नेपाली उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “उद्योग मन्त्रालयले अहिले स्वदेशी वस्तुको उपभोगलाई अनिवार्य गराउने अभियानअनुसार स्वदेशी वस्तुको उपभोगका विषयमा कार्यविधि बनाइरहेको छ, कार्यविधिले पहिलो चरणमा सरकारी निकायबाट स्वदेशी वस्तुको उपभोग अभियानको सुरुआत गरेर विस्तारै देशव्यापी बनाइने छ, कार्यविधि लगभग अन्तिम चरणमा छ ।”

यस्तै मन्त्री भण्डारीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको आवश्यकता औँल्याउँदै निजी क्षेत्रसँगको सहकार्यमा प्रदर्शनीस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रसँगकै सहकार्यमा जिर्ण एवं बन्द अवस्थामा रहेका देशका उद्योग तथा कलकारखाना सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही, सांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियालगायत वक्ताहरुले स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गरिनुपर्ने र युवा जनशक्ति पलायन रोक्नुपर्नेमा जोड दिनुभयो ।