२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी



अ+ अ-

काठमाडौं । अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।

आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यसविपरीत काम गर्ने दुई जनालाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताए ।

निजहरूले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गरेकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै काम गर्न नपाउने भनी लेखिदिएको भन्दै विरोध भएको थियो ।

सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।