१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

बिदाको समय सदुपयोग गर्दै स्याङ्जाका बालबालिकालाई सारङ्गी सिकाइँदै

बिदाको समय सदुपयोग गर्दै स्याङ्जाका बालबालिकालाई  सारङ्गी सिकाइँदै
अ अ+ अ-

काठमाडौं । विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ ।स्याङ्जाको   पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारङ्गी बजाउन सिकाउन थालिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत बालबालिकालाई सीप सिकाउन थालिएको हो ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विशेष गरी गन्धर्व जातिको मौलिक बाजाका रूपमा रहेको सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए ।

“आधुनिकतासँगै परम्परागत र मौलिक बाजाको रूपमा रहेको सारङ्गीप्रति नयाँ पुस्ताको आकर्षण घटिरहेको देखिन्छ”, उनले भने, “त्यसैले नयाँ पुस्तालाई सारङ्गीको महत्त्वबारे जानकारी दिएर यसको संरक्षण गर्ने उद्देश्यले सीप हस्तान्तरण अभियान अगाडि बढाएका हौँ ।”

स्थानीय सूर्यमान गन्धर्व सारङ्गी बजाउने सीप हस्तान्तरण गर्नु कला सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्यलाई जोगाउने महत्त्वपूर्ण कार्य भएको बताउँछन् । पुरानो पुस्तामा रहेको सीप, कलाबारे नयाँ पुस्ताले चासो नदिए लोप भएर जाने जोखिमका कारण आफूले पनि बालबालिकालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ ।

गन्धर्वले भने, “हाम्रो मौलिकता र पहिचानसँग जोडिएको बाजाको संरक्षण गर्ने दायित्व सबैको हो । मौलिकता, कला संस्कृति अनि पहिचानको संरक्षणका लागि पनि सारङ्गी बजाउने सीप हस्तान्तरणले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ ।”

स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जीविका परियार पनि यतिबेला सारङ्गी बजाउने सीप सिक्दै छिन् । विद्यालय बिदाको समयको सदुपयोग गर्दै आफूले ज्येष्ठ नागरिकबाट मौलिक साङ्गीतिक बाजा सारङ्गी बजाउन सिकिरहेको उनले बताइन्  ।

“पहिला–पहिला अरुले बजाएको बेला सारङ्गी धुन सुन्ने गरेको थिए, हाल आफँैले सिकेर विभिन्न थरीका धुन निकाल्न पाउँदा निक्कै खुसी लागेको छ”, परियारले भनिन्  ।

यस्तै, स्याङ्जाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत सुशान्त गन्धर्व सारङ्गीमा विभिन्न धुन बजाउन सिक्दै छन् । आफ्नो मौलिक बाजा बजाउने सीप सिक्न पाउँदा रमाइलो र खुसी लागेको उनले सुनाए।

पुतलीबजार नगरपालिकाको लाम्पाटामा सञ्चालन भइरहेको सीप हस्तान्तरण अभियानमा २० जना बालबालिका सहभागी छन् । उनीहरूले गन्धर्व जातीका कर्खा, सवाई, चरित्त, चाँचरी, मङ्गलधुन, बाह«मासे र घटनाप्रधान गीतमा सारङ्गी बजाउन सिकिरहेका छन् ।