१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

धान उत्पादनमा कमी हुँदा किसान चिन्तित

धान उत्पादनमा कमी हुँदा किसान चिन्तित
अ अ+ अ-

पाल्पा । यो वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करिब सात प्रतिशत धान कम फलेको जिल्ला कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले जानकारी दिनुभयो ।

सिचाइँको अभाव, रोगव्याधीको प्रकोप, किसानले समयमा बीउ विजन नपाउनु, प्राविधिक सहयोग नपाउनु लगायतका कारणले उत्पादनमा कमी आएको हो । धान उत्पादनमा कमी हुँदा किसान चिन्तित बनेका छन् । वर्षभरि नै उपभोग गर्ने अन्नबालीका रुपमा धानलाई लिइन्छ । धानबाट उत्पादित चामललाई खानाको रुपमा प्रयोग हुन्छ ।

धान उत्पादन गर्ने समयमा वर्षा हुन नसक्दा, फौजी किरा, कालोपोकलगायतका रोगका कारण उत्पादन कमी देखिएको प्रमुख अर्यालको दाबी छ । कृषिमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरिरहँदा खाद्य उत्पादनमा कमी आएपछि सरकारी अधिकारी चिन्तित छन् । खेती किसान गरेर जिविकोपार्जन गर्ने किसान यसको प्रत्यक्ष असरमा परेका छन् ।

“गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा गिरावट आएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “धानको उत्पादन घटे पनि खाद्य सुरक्षामा भने ठूलो असन्तुलन आउँदैन् ।” गत वर्ष ३५ हजार मेट्रिक टन धान फलेकोमा यो वर्ष ३३ हजार मेट्रिक टन मात्र फलेको जिल्ला कृषि ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लाका स्थानीय तहले धान खेती प्रवद्र्धनका लागि उचित खालका कार्यक्रम व्यवस्थापन गर्न नसक्दा किसान चिन्तित बनेका हुन । जसका कारण युवाहरुको धानबाली उत्पादनमा आकर्षण बढ्न सकेको छैन ।

जिल्लामा सबैभन्दा बढी खपत हुने अन्नबालीका रुपमा धान रहे पनि स्थानीय सरकारले यसप्रति ध्यान नदिदाँ उत्पादनमा कमी देखिएको हो । माथागढी गाउँपालिका–२ रुप्सेकी सरस्वती कुमालले कालो पोके देखिने र धानमा फुस्रो हुँदा उत्पादनमा कमी भयो । समयमा नै रोगको रोकथाम गर्न स्थानीय सरकारलाई जानकारी गराएपनि समयमा व्यवस्थापन हुन नसक्दा उत्पादन घट्यो, वर्षभरिको उत्पादनमा हुँदा चामल बजारबाट खरीद गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

जिल्लाको माडीफाँट, रामपुरफाँट, पूर्वखोला, झडेवा, अर्गली, सोमादी, कचललगायतका फाँट धानखेतीका लागि नाम कहलिएका छन् । असार साउनमा धानबाली रोप्दा र कात्तिक मङ्सिर महिना धान स्याहार्ने समयमा निकै चहलपहला हुँदै आएको छ । पाल्पा पहाडी जिल्ला हो । खेतीयोग्य फाँट प्लाटिङ हुँदै आएको छ । मानवीय बस्ती विस्तार र खेतीयोग्य जमीन आवासका लागि अतिक्रमण भएको पाइन्छ । त्यसैले पनि धान उत्पादनमा कमी हुँदै आएको छ ।

कालोपोके रोग पहिले एकदुई प्रजातिको धानमा देखिएको थियो । पछि यो रोग हावाका माध्यमबाट फैलियो । सबै प्रजातिका धानमा कालोपोके रोगग्रस्त बन्दा किसानको मेहनतअनुसार उत्पादन हुन नसकेको माथागढी गाउँपालिका–३ का सरोज कोइरालाले बताउनुभयो । जिल्लामा व्यावसायिक धानखेतीका लागि आधुनिक यान्त्रीकरण सहज व्यवस्थापन हुन सकेको छैन । धानखेती गर्दा किसानले यान्त्रीकरणको अभावमा मानव शक्तिको प्रयोग गरी काम गर्नुपर्ने अवस्था अझै हटेको छैन् ।

स्थानीय सरकारले किसानलाई सहयोग पुग्ने गरी यान्त्रीकरण प्रदान गरे पनि त्यसको सञ्चालनको विषयमा प्राविधिक ज्ञानको अभाव छ । पाल्पा जिल्लामा आठ हजार ७२० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेतीका लागि उत्पादनयोग्य जमीन घटेको छ । स्थानीय जातलाई उन्नत र वर्णशंङ्कर ९हाइब्रिड० जातले विस्थापित हुँदै आएको छ ।

रैथाने धानको आफ्नै विशेषता रहिआएको छ । पाल्पालगायतका पहाडी जिल्लामा यसको खेती हुँदै आएको छ तर, वर्षेनी चामलका लागि भारतसँग आयात हुँदै आएको छ । चामलमा परनिर्भरता हटेको छैन । खेतीयोग्य जमिनमा समेत सिँचाइको पहुँच छैन । सिँचाइको पहुँच बिनासमेत किसानले खेती गरे तापनि सोचेजस्तो उत्पादन हासिल गर्न नसक्दा किसान चिन्तित छन् ।