१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

पार्टी हित विपरित काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैनः अध्यक्ष लिङदेन

पार्टी हित विपरित काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैनः अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गत निर्वाचनमा पार्टी प्राविधिक रूपमा पराजित भए पनि राजनीतिक र वैचारिक रूपमा ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।

राप्रपा सम्पर्क समाज विभागद्वारा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशमा परिवर्तनको अपेक्षा गर्ने जनताको भावना प्रतिनिधित्व गर्ने क्षमता राप्रपामा मात्र रहेको बताएका हुन् । उनले कुनै पनि निर्वाचनको परिणामले पार्टीको विचार र भविष्य समाप्त नहुने स्पष्ट पार्दै आफूहरूको राजनीतिक बाटो अझ सुदृढ भएको दाबी गरे।

“हामीले एउटा चुनाव हारेका छौँ, तर हामीले लिएको विचार र बाटो हारेको छैन,” उनले भने । उनका अनुसार विगत ३६ वर्षदेखि सीमित नेताहरूले मुलुकलाई बन्धक बनाएको र अहिले जनताले परिवर्तन खोजिरहेको अवस्था रहेको छ। उक्त परिवर्तनको नेतृत्व राप्रपाले गर्ने उनकाे भनाइ थियो।

पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन संगठनभित्र सुधार र कार्यशैली परिवर्तन आवश्यक रहेको बताउँदै अध्यक्ष लिङदेनले निर्वाचनका बेला पार्टीविरुद्ध काम गर्ने तथा अनुशासनहीन गतिविधिमा संलग्न हुनेलाई अब कुनै पनि हालतमा छुट नदिइने चेतावनी दिए। “पार्टी हित विपरीत काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैन,” उनले स्पष्ट पारे।

उनले पार्टीको महाधिवेशन समयमै हुने र कार्यकाल लम्ब्याउने कुनै मनशाय नरहेको उल्लेख गर्दै भोलिदेखि नै सातै प्रदेशमा समीक्षा बैठक सुरु हुने जानकारी दिए। त्यसपछि केन्द्रीय कार्यसमितिले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ थियो।

“महाधिवेशन नै अबको समस्याको समाधान हो, यसमा कोही पनि भ्रममा पर्नु पर्दैन,” उनले भने ।

वर्तमान सरकार र नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति टिप्पणी गर्दै अध्यक्ष लिङदेनले जनतालाई स्टन्टबाजीभन्दा परिणाम आवश्यक रहेको बताए । २४ घण्टामा लाइसेन्स दिने प्रचार भए पनि व्यवहारमा जनताले सास्ती भोग्नुपरेको भन्दै सुशासनको विषयमा गृहमन्त्री र सरकारको स्पष्ट अडान आवश्यक रहेको उनले जोड दिए। सडकपेटी व्यवसायीमाथि गरिएको व्यवहार तथा भन्सारमा हुने दुव्र्यवहारप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

देशको राजनीतिक स्थिरताका लागि तीन मुख्य एजेन्डा अघि सार्दै उनले अभिभावकीय संस्थाका रूपमा राजसंस्था पुनःस्थापना, पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनःस्थापना र बोझिलो बनेको प्रदेश संरचनाको खारेजी वा व्यापक सुधार आवश्यक रहेको धारणा राखे ।

सामाजिक सञ्जालमा चर्चामा रहेका युरेनियम भण्डार लगायत भू–राजनीतिक संवेदनशील विषयमा सरकारले हतारमा कुनै पनि सन्धि वा सम्झौता नगर्नुपर्ने उनको आग्रह थियो। भ्रष्टाचार नियन्त्रणका लागि २०४६ पछिका सबै उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने र त्यसको सुरुवात आफूबाटै गर्न उनले चुनौती दिए ।