१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग
अ अ+ अ-

काठमाडौँ । सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ । छाडा छाडिएका गाईबाच्छलाई गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले गत जेठ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण गर्नुभएको थियो ।

आश्रयस्थलमा हाल ४० बाच्छाबाच्छी संरक्षण गरिएको छ । आश्रयस्थलमा १५ बाच्छी र २५ बाच्छा छन् । सडकबाट उठाएर ल्याइएका बिरामी गाईबाच्छाको उपचारको व्यवस्था पनि आश्रयस्थलमा भइरहेको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले अबोध गाईबाच्छा संरक्षणका लागि भवन निर्माण गर्न रु १० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले गाईबाच्छा संरक्षणका लागि नगरपालिकाका तर्फबाट जग्गा उपलब्ध गराउने बचन दिनुभएको छ ।

साथै गाईबाच्छा संरक्षणमा उल्लेख्य सहयोग गर्ने दुवै नगर प्रमुखको प्रतिबद्धता थियो । दुवै नगरपालिकाले चालु आर्थिक वर्षमा सो शीर्षकमा बजेट छुट्याइएको जनाएका छन् । कागेश्वरी मनोहराले रु २५ लाख र गोकर्णेश्वरले रु १२ लाख बजेट छुट्याइएको छ । छाडा गाईबाच्छाको संरक्षणका लागि थप सहयोग पनि भइरहने दुवै नगरपालिकाको बचनबद्धता छ ।

जन्मदिनमा गाईबाच्छालाई सहयोग गर्ने बढे

जन्मदिनमा केक काट्ने, साथीभाई जम्मा भएर मदिरा पिउने केही मानिसको प्रचलन अब यसरी आश्रय दिइएको गाईबाच्छालाई सहयोग गर्नतिर मोडिएको छ । विभिन्न अवसरमा हुने फजुल खर्च जोगाएर कल्याणकारी काममा लगाउन युवावर्ग अघि सरेका छन् ।

जोरपाटी निवासी सन्तोष बरालले आफ्नो जन्मदिनका अवसरमा रु चार हजार नगद पिठो र औषधिका लागि उपलब्ध गराउनुभएको छ । नयाँ बस्ती युवा क्लबले पीठो, पिना लगायतका खाद्यान्न उपलब्ध गराएको छ । डिल्लीबजार निवासी आयुष्का पुडासैनीको जन्मदिनका उपलक्ष्यमा उहाँका अभिभावकले रु सात हजार उपलब्ध गराउनुभएको छ ।

यसैगरी समन भट्टराई र रघुनाथ आचार्यले रु एक हजार उपलब्ध गराउनुभएकोे छ । आफ्नो जन्मदिनका अवसरमा स्वामी महेन्द्र भट्टराईले रु १० हजार तथा जन्मदिनकै अवसरमा व्यवसायी रवि भट्टले रु पाँच हजार गाईबाच्छा संरक्षणका लागि उपलब्ध गराउनुभएको छ ।

आफ्नो जन्मदिनका अवसरमा जोरपाटी नयाँबस्ती निवासी अमृत सापकोटा पिठो र गाई बाच्छाको उपचारका लागि रु तीन हजार सहयोग गर्नुभएको छ । जन्मदिनमा गाईबाच्छाका लागि सहयोग गर्नेको नाममा आश्रितको नामकरण गर्ने गरिएको गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएका वाग्मती सुन्दरता सरोकारमञ्चका अध्यक्ष समेत रहनुभएका पुडासैनीले बताउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइका क्रममा नदी किनारमा मर्ने बाच्छाबाच्छीको सङ्ख्या बढ्न थालेपछि अस्थायी आश्रयस्थल बनाइएको हो । सफाइका क्रममा एक वर्षमै ६०० भन्दा बढी मृत बाच्छाबाच्छी गाड्नुपरेको थियो । छाडा छोडेपछि पानी पिउन नपाउने, वाग्मतीको पानी पिए पनि दूषित भएकाले मर्ने, प्लाष्टिक खाएर मर्ने, कुकुरले लखेटेर मार्नेलगायत समस्याले ठूलो सङ्ख्यामा मर्ने गरेको अभियानकर्मीले जनाएका छन् ।

काठ क्षेत्र रहेको दुवै नगरपालिकामा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि गाई पाल्नेको सङ्ख्या उल्लेख्य छ । गाईपालकले बाच्छी जन्मे घरमै राख्ने बाच्छा जन्मिए सडक, मन्दिर वा नदी किनारमा लगी छाड्ने गरेका छन् । तीव्र शहरीकरण एवं स्थान अभावका कारण गाई पाल्न छाड्नेले भने बाच्छी पनि छाड्ने गरेका छन् । त्यसका कारण सडकमा जाम एवं दुर्घटना बढ्ने गरेको छ ।

रत्नपार्क–साँखु मार्गमा सार्वजनिकयातायात चलाउने चालक रामबहादुर तामाङ गौशाला चोकबाट माथितिर लागेपछि छाडा छाडिएका गाई बाच्छाका कारण समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । गाई व्याएपछि सुत्केरी भत्ता दिएर बाच्छाबाच्छीलाई ट्याग लगाउने व्यवस्था गर्न अभियानकर्मी गोविन्द पुडासैनीले दुवै नगरपालिकाका प्रमुखसँग माग गर्नुभयो ।