१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अनलाइन विज्ञापनबाट ठगी

अनलाइन विज्ञापनबाट ठगी
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

यसरी सामान खरिदमा विचार पुर्याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिनुभयो । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।