१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कारागारमा सुरक्षा चुनौती

कारागारमा सुरक्षा चुनौती
अ अ+ अ-

बाँके । नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र बस्ती क्षेत्रका स्थानीयको सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएको छ ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको यो कारागारलाई बस्ती क्षेत्रका नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानवबस्ती थिएन । नेपालगञ्ज शहर विस्तार हुने क्रमसँगै कारागारको क्षेत्र बाहिर मानवबस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगञ्जको ठीकबीच भागमा परेको छ । “कारागार मानवबस्तीको बीचमा पर्दैमा जोखिम भई नै हाल्दैन तर, भोलि कुनै अप्रिय घटना भयो भने त्यसको जोखिममा त्यस क्षेत्रका नागरिकमा पर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भन्नुभयो ।

कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर बस्तीका नागरिकमा पनि पर्न जाने गरेको छ । सशस्त्र द्वन्द्वकालमा विद्रोही र कारागार सुरक्षाकर्मीबीच भएको दोहोरो भीडन्तको स्मरण नागरिकको मनमा अझै ताजै छ । “भीडन्तमा हाम्रो घरमा पनि गोली लागेको थियो, अब के हुन्छ भन्ने त्रासले रातभरि सुत्न सकिएको थिए”, कारागार बाहिर घर भएका भरत शर्माको भनाइ छ ।

यसका साथै कैदीकैदीबीच पनि बेला बखत हुने भैmझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्ने गरेको छ । कैदीबीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्यु भएको थियो । विगतका यी घटना फेरि दोहोरिँदैन भनेर किटान गर्न नसक्ने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिकस्तरबाट उठ्न थालेको छ ।

नेपालगञ्ज वडा नंं १० स्थित बाँके कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको सङ्ख्या पनि बढ्दै गएको छ । कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको छ । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै समस्याका कारण समग्रमा यसले सुरक्षा चुनौती अझै बढाएको छ ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कैदीलाई भेट्नका लागि १० बजेदेखि ४ बजेसम्म कारागार खुल्ला रहन्छ । त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन । सुरक्षा दिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो’, कारागार प्रमुख दीपेन्द्र पौडेलको भनाइ छ ।

करिब १७ कट्ठा पाँच धुर क्षेत्रफलमा रहेको बाँके कारागारको कैदी, बन्दी क्षमता ३०० मात्र हो, तर अहिले ७८७ महिला र पुरुष कैदी, बन्दी छन् । महिला कैदीसँग दुई कैदीका सन्तानले पनि आश्रय लिइरहेका छन् । स्थापना हँुदा कारागारको आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती प्रष्ट देख्न सकिन्छ ।

कारागारको बाहिर क्षेत्रमा मानवबस्ती बाक्लिँदै जानु तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँकेको गनापुरमा खुला कारागार निर्माण कार्य शुरु गरेको छ । कारागार प्रमुख पौडेलका अनुसार आठ विगाह क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन । 

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा क्षेत्रीय कारागारको निर्माण थालिएको छ । यी दुवै कारागारको निर्माण पाँच वर्षभित्र सक्ने समय निर्धारण गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो । “यी दुवै कारागार निर्माण भएपछि सम्भवत नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको बाँके कारागार त्यहा नरहन सक्छ”, उहाँले भन्नुभयो ।