३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङ आमनेसामने



अ+ अ-

काठमाडाैँ । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् ।

फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो । पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ ।

यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचालेको थियो । दुवै बलिया टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । ०५ वैशाखबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेड हर्ष फुटबल क्लबलाई स्तब्ध पार्दै पथरी ११ मोरङले विजयी सुरुआत गरेको थियो । रोलिङ क्लब र पथरी ११ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वैशाख १२ गते समापन हुने प्रतियोगिताको विजेताले रु १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालको चर्चित टोलीहरूमा मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चितलाङ फुटबल क्लब, फिदिम स्पोर्टिङ पाँचथर, रोलिङ क्लब झापा र आयोजक रेड हर्ष क्लब सहभागी छन् । यस्तै, मलेसियाको एन पेनाङ एफसी र भारतको जर्जियन फुटबल क्लब कालेम्पुङले यस संस्करणमा सहभागी भएका छन् ।