२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरियो’



अ+ अ-

काठमाडा । विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथिनै प्रहार भएको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका विरुद्धमा लड्नुपर्ने उनको भनाई छ । उनले भने,‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ । गुरुहरुले गल्ती गर्नुभएको छ भने कानूनी रुप बराबरले गल्तीको सजाय पाउनुपर्छ । तर, हाम्रो हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरिएको छ । यहाँ एउटा गुरुको मात्रै बद्नाम भएन् । हाम्रो संस्कार र देवभक्तिको नै बद्नाम भएको छ । यसलाई बचाउनुपर्ने दायित्व सम्पूर्ण विद्यार्थी वर्ग, प्राविधिक शिक्षा हासिल गरेका चिकित्सक, ईन्जिनियरहरु सबै, पत्रकारहरुले पनि कलम चलाउनुपर्ने अवस्था आएको छ ।’

उनले भने,‘हामीहरुले छिमेकी–छिमेकी भक्तजनहरुलाई दोष देखाएर दुई छिमेकी भक्तले मात्रै संस्कार मान्ने गरेका छौं । हाम्रो धर्म मान्ने गरेका छौं । अन्य सृष्टिका भक्तले यो दुई देवलोकलाई सिध्याउने रणनीति गरेको हो कि भन्ने लक्षण देखिएको छ । सम्पूर्ण न्यायप्रेमीहरुले कलम चलाउनुपर्यो । स्वर्गजस्तो सुन्दरताको शान्तिको विपुल फुकौं ।’

उनले भने,‘देवलोकलाई युद्धभूमी नबनाऔं ।’ उनले कुनै धर्म गुरु पक्राउ पर्दैमा त्यसलाई ढाकछोप गर्ने आफ्नो नियत नरहेको पनि स्पष्ट पारे । उनले थपे,‘हिन्दू धर्मलाई बचाउनुपर्छ । तर, दोषी जोसुकै होस, राजाले गल्ती गरेपनि, राष्ट्रपति, प्रधानमन्त्री, वा मन्त्रीहरुले गल्ती गरे उनीहरुलाई पनि कानूनी दायराभित्र ल्याउनुपर्छ ।’

उनले विश्वकै सृष्टि र धर्म बचाउनको लागि आफूले फूलको चक्र चलाईरहेको पनि जानकारी दिए । उनले भने,‘यो अन्य लडाईको चक्र होईन, मैले फूलको चक्र चलाईरहेको छु । कोही पनि आँत्तिनुपर्दैन् । मैले सबैको मन मनमा शान्ति छाओस् भनेर नै भर्खरै दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको छु । र, विश्व जगत नै शुभ शान्तिको लक्ष्य होस् भन्ने कामना गर्दै पूजा गरेको छ ।’