१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कारागारको उचित व्यवस्थापनमा सरकार गम्भीर नबन्दा समस्या

कारागारको उचित व्यवस्थापनमा सरकार गम्भीर नबन्दा समस्या
अ अ+ अ-

द्रोण अधिकारी, भद्रपुर । झापा कारागारको उचित व्यवस्थापनका लागि सरकार गम्भीर नबन्दा समस्याका चाङले स्थानीयलाई पिरोलने क्रम रोकिएको छैन । ३ सय ५० जना क्षमता भएको झापा कारागारमा १ हजार १ सय ५४ जना कैदी बन्दी राखिएका छन् । जसमा महिलाको संख्या ९२ जना छ भने आश्रित बालबालिका ६ जना र पुरूष कैदी बन्दी १०५६ जना छन् । महिला कैदी बन्दी त बन्दी गृहमा सहज बस्न सक्ने अवस्थामा छन् तर, पुरूष कैदी बन्दी क्षमता भन्दा तीन गुना बढी भएको कारण सजिलै बस्न सक्ने अवस्थामा समेत छैनन् । उनीहरूबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर परिवार प्रत्यक्ष असर व्यहोर्न वाध्य छन् । कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको छ । दुई दशकयता कारागारको अस्त व्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीँडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका छन् । त्यस फोहोले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको छ । कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले गएको आर्थिक वर्षमा उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको छ । तर, स्थानीय सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले सहजै बग्ने ढल निर्माण नभएसम्म समस्या हल नहुने बताउँछन् । शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन छोडेको छैन । समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदी बन्दीको पीँडा भएर झापा कारागार समस्याको भूमरीमा जकडिएको हो ।

सदरमुकाम समेत रहेको नेपाल कै पुरानो नगर भद्रपुर नगरपालिका भित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन गर्न सरकारी संयन्त्र असफल हुँदा आसपासका बासिन्दाको स्वास्थ्यमाथि चुनौति बढेको छ । १५ वर्षयता स्थानीयले कारागार प्रशासनलाई फोहोर व्यवस्थापन गर्न दवाव दिँदै आएको भए पनि जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयको जनजीवन दिसाजन्य बस्तुबाट विभिन्न सरुवा रोग र प्रदुर्षणले कष्टकर बन्दै गएको हो ।

दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गर्न कारागार विभागसँंग माग गरेको रकमले फोहोरको उचित व्यवस्थापन गर्न पहिलो चरणमा शोष ट्याङ्की निर्माण भएको कारागार प्रशासनको भनाइ छ । यो अस्थायी समाधान भए पनि स्थायी समाधानका लागि सहजै बग्ने ढल निर्माण नै विकल्प भएको बुझाइ प्रशासनको पनि रहेको छ ।

कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाव नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीँडित स्थानीय नागरिकको गुनासो रहेको छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको १५ वर्ष वितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की त निर्माण भयो तर पनि बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भिष्मराज भट्टराईले गुनासो पोखे ।

कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढीदुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागार भित्रको फोहार पानी त्यँही वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गर्नुृ पर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीँडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेती बाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने हाम्रो अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीँडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाच्न पाउाने अधिकार हनन् भइरहने पीँडित स्थानीयको आरोप छ । भद्रपुर नगरपालिका ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण दुई दर्जन बढी घर परिवार प्रत्यक्ष डुवानमा परेका भए पनि कारागारको फोहोरजन्य पानीको अस्त व्यस्तताले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।