३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

धितोपत्र बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सामान्य सुधार
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो ।

कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बीमा ६३.७९ र सामूहिक लगानी कोषको शेयर ०.०८ प्रतिशतले बढेको छ । यस्तै व्यापार १७.९५, विकास बैङ्क ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको शेयर २.७५ ले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ६० लाख ९५ हजार ५५० मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैङ्कको रु एक करोड ९० लाख ६९ हजार ७२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ३९ लाख ७२ हजार ९२६, एनआइसी एसिया बैङ्कको रु एक करोड २७ लाख २० हजार ७९१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको शेयर रु एक करोड १२ लाख सात हजार ८२६ मा खरिद बिक्री भयो ।

परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ५।४१ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीयस संस्था २.४६, वेष्ट फाइनान्स कम्पनी २.२९, मुक्तिनाथ विकास बैङ्क २.२४, प्रोग्रेसिभ फाइनान्स २.०४ तथा सिटी एक्सप्रेस फाइनान्स र ग्रीन डेभलपमेन्ट बैङ्कका शेयरधनीले २/२ प्रतिशतले गुमाए ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.१४, हिमालयन डिस्टिलरी ५.७०, मिथिला लघुवित्त वित्तीय संस्था ५.६६, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ५.२५, सिनर्जी पावर डेभलपमेन्ट ४.४१ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाए ।