२ आश्विन २०८३, शुक्रबार
,
Latest
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल आज गणेशमान सिंहको २९औँ स्मृति दिवस विदेशी महिला नेपाल ल्याउँदै ‘यौनधन्दा’मा धकेल्दै डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल लङ आइल्याण्ड नेप्लिज सोसाइटीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ हजार ६७८ डलर सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: म्यान्चेस्टर सिटी विजयी, आर्सनल स्तब्ध



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आज राति भएको खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई २ – १ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै प्रिमियर लिगको उपाधि होड खुला भएको छ ।

एतिहाद रंगशालामा भएको यस रोमाञ्चक खेलमा सिटीका लागि रायन चेर्कीले १६औं तथा एर्लिङ हालान्डले ६५औं मिनेटमा गोल गरेका थिए । आर्सनलका एक मात्र गोल १८औं मिनेटमा काई हाभार्जले गरेका थिए ।

यद्यपी आजको खेलमा आर्सनल अभागी रह्यो । आर्सनलले प्रहार गरेका कम्तीमा चार वटा सट गोलपोस्टमा लागेर फर्किएका थिए ।

यो जितसँगै म्यान्चेस्टर सिटीले ३२ खेलबाट ६७ अंक जोडेको छ । लिग लिडर आर्सनलले ३३ खेलबाट ७० अंक बटुलेको छ ।

बर्नलीसँगको अर्को खेल जितेमा म्यान्चेस्टर सिटी ७० अंक सहित पहिलो स्थानमा पुग्नेछ । त्यसैले अबका खेलहरु दुबै टिमका लागि अति नै महत्वपूर्ण हुनेछन् ।

आजै भएको अर्को खेलमा लिभरपूलले एभर्टनलाई २ – १ गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलका लागि मोहम्मद सलाह र भर्जिल भ्यान जिकले गोल गरेका थिए ।

यो जितसँगै लिभरपूल च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढेको छ । लिभरपूलले ३३ खेलबाट ५५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।