२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिका बलात्कारको आरोपमा नेकपाका नेता पक्राउ



अ+ अ-

रामेछाप । १३ वर्षीया बालिका बलात्कारको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेता पक्राउ परेका छन् । रामेछाप उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार पक्राउ परेका हुन् ।

गएको मंसिर २ गते सुनुवारले गाउँकै १३ वर्षीया बालीकालाई ललाई फकाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाए पछि पुनः सुनुवारले ती बालिकालाई बोलाएर बलात्कार गर्न खोज्दा बालिका उम्केर भाग्न सफल भएपछि रहस्य खुलेको हो ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य परीक्षणमा सुनुवारले बलात्कार गरेको रिर्पोट आएकाले उनलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धानमा जुटेका छौँ ।’