८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिका बलात्कारको आरोपमा नेकपाका नेता पक्राउ



अ+ अ-

रामेछाप । १३ वर्षीया बालिका बलात्कारको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेता पक्राउ परेका छन् । रामेछाप उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार पक्राउ परेका हुन् ।

गएको मंसिर २ गते सुनुवारले गाउँकै १३ वर्षीया बालीकालाई ललाई फकाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाए पछि पुनः सुनुवारले ती बालिकालाई बोलाएर बलात्कार गर्न खोज्दा बालिका उम्केर भाग्न सफल भएपछि रहस्य खुलेको हो ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य परीक्षणमा सुनुवारले बलात्कार गरेको रिर्पोट आएकाले उनलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धानमा जुटेका छौँ ।’