३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

भारत र नेपालका इन्स्योरेन्स इन्स्टीच्यूटबीच सम्झौता, बीमा तालिम निकायबीच सहकार्य गरिने

भारत र नेपालका इन्स्योरेन्स इन्स्टीच्यूटबीच सम्झौता, बीमा तालिम निकायबीच सहकार्य गरिने
अ+ अ-

काठमाडौं । नेपालको इन्स्योरेन्स इस्टिच्यूट (आईआईएन) र भारतको प्रख्यात इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया (आईआईआई)बीच सहकार्य गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै बीमा समिति परिसरमा रहेको इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल (आईआईएन) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ भने यता इन्स्टीच्यूटमार्फत दिइने तालिमले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पक्का भएको छ ।

आईआईएनका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माका अनुसार दुई देशका बीमा तालिम सम्बन्धी आधिकारिक निकायबीच सहकार्य गर्ने सम्बन्धी एमओयुमा हस्ताक्षर भएको हो । एमओयुमा बीमा समितिका कार्यकारी निर्देशक तथा आईआईएनका अध्यक्ष राजुरमण पौडेल तथा भारतीय कम्पनी आईआईआईका अध्यक्षले हस्ताक्षर गरेका छन् । आईआईएनले बताए अनुसार मंसिर ११ गते नयाँदिल्लीस्थित आईआईआईको मुख्यालयमा दुई निकायका बीचमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतापत्रमा प्रोफेशनल कोर्स विकास गर्ने, आईआईएनको सिर्टिफिकेटलाई मान्यता दिने र नेपालमा अध्ययनका लागि केन्द्र स्थापना गर्ने लगायतका सम्झौता गरेको सिईओ शर्माले बताए । चार सदस्यीय टोली भारतीय बीमा इन्स्टीच्यूटसँग छलफल गर्न त्यसतर्फ गत साता मात्र गएको थियो । टोलीमा इन्स्टीच्यूटका अध्यक्ष पौडेल, सिईओ शर्मा तथा अन्य दुई जना सञ्चालकहरु रहेका थिए । सहमतिपछि नेपालमा बीमा तालिम तथा दक्ष जनशक्तिको लागि ढोका खुलेको बताए ।