१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प



अ+ अ-

एजेन्सी । पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५।० म्याग्निच्युडको भूकम्प गएको  अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्प  २१ः३४  जिएमटीम रेकर्ड गरिएको थियो ।  ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । 

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।

पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।