१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार
अ अ+ अ-

काठमाडाैँ । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको व्यस्त गोलबजार क्षेत्रका सडकमा लाग्ने हाटबजारका कारण दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रत्येक मङ्गलबार र शनिबार लाग्ने हाटबजारले राजमार्गको ठूलो हिस्सा ओगट्दा सवारी सञ्चालन र पैदलयात्रीको आवागमनमा सास्ती हुँदै आएको हो ।

गुदरी हाटबजार भनेर चिनिएको यो बजारलाई गोलबजार नगरपालिकाले विसं २०८२ देखि २०८५ सम्मका लागि कुल रु एक करोड २४ लाख ३० हजारमा ठेक्का लगाएको छ । वार्षिक रु ४१ लाख १४ हजार राजस्व सङ्कलन हुने भनिए पनि बजार व्यवस्थापनमा उचित काम नभएको स्थानीयको गुनासो छ । स्थानीय रामबाबु यादवले भने, “नगरपालिकाले व्यापारीसँग रकम असुल्छ, तर सडकको जोखिम घटाउन र बजारलाई व्यवस्थित बनाउन चासो दिँदैन । त्यसैले दुर्घटनाको जोखिम झन् बढेर गएको छ ।”

गोलपार्क चोकबाट इलाका प्रहरी कार्यालय अगाडिसम्म करिब ५०० मिटर क्षेत्रमा फैलिएको हाटबजारमा सागसब्जी, फलफूलदेखि लत्ताकपडासम्मको व्यापार सडकमै हुन्छ । चोक नजिकै सवारीसाधन राख्ने स्थान र अर्कोतिर हाटबजार हुँदा पैदलयात्रीलाई हिँड्न सकस हुने गरेको स्थानीय प्रमोदकुमार सिंहले बताए। बजार व्यवस्थापनका लागि गोलबजार उद्योग व्यापार सङ्घले पटकपटक लिखित र मौखिक प्रस्ताव बुझाए पनि नगरपालिकाले सुनुवाइ नगरेको सङ्घका उपाध्यक्ष राकेश गुप्ताले बताए।

विगतमा नगरपालिकाले दुई पटक प्रयास गर्दा करिब रु १० लाख खर्च भए पनि त्यसको प्रभाव सडकमा नदेखिएको उनको भनाइ छ । नगरपालिकाका प्रवक्ता सञ्जित लामाले भने व्यवस्थापनका लागि सर्वदलीय बैठक राखिए पनि ठोस समाधान ननिस्किएको बताउँदै पुनः सर्वदलीय छलफलमार्फत निकास खोजिने जानकारी दिए। वार्षिक लाखौँ राजस्व उठ्ने यो बजारलाई समयमा उचित ठाउँमा व्यवस्थापन नगरे ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै गोलबजारवासीले चिन्ता व्यक्त गरेका छन् ।