५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा, महा अभियोगको विषय टुंग्याउन बाँकी



अ+ अ-

काठमाडौं। प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायत केही संवेदनशील विषयमा छलफल बाँकी रहे पनि अन्य अधिकांश विषय टुंगोमा पुगेको जनाएको छ।

समितिका सभापति गणेश पराजुलीले मस्यौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार सकिने बताउनुभयो। उहाँका अनुसार अधिकांश विषयमा सहमति जुटिसकेको छ र सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू टुंग्याएर मस्यौदालाई अन्तिम रूप दिनेछ।

उहाँले महाभियोगसँग सम्बन्धित व्यवस्थामा विभिन्न धारणा देखिएकाले त्यसबारे राजनीतिक दलहरूसँग थप परामर्श भइरहेको बताउनुभयो। “केही विषयमा फरक धारणा र विचार आएका छन्। ती विषयलाई बहुआयामिक ढंगले छलफल गरेर अन्तिम टुंगोमा पुर्‍याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।

सभापति पराजुलीका अनुसार नियमावली निर्माणमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभव समेटिएको छ भने बदलिँदो राजनीतिक व्यवस्थाअनुसार नयाँ प्रावधानहरू पनि समावेश गरिएको छ। प्रस्तावित नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।

उहाँले लोकतान्त्रिक अभ्यासलाई उच्च प्राथमिकता दिँदै सत्तापक्ष मात्र नभई प्रतिपक्षको आवाजलाई समेत समेट्ने गरी नियमावली तयार पारिएको दाबी गर्नुभयो। साथै सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेशको सुनिश्चितता पनि नियमावलीमै व्यवस्था गरिएको जानकारी दिनुभयो।

यसैबीच, समितिले आइतबार सभामुख डोल प्रसाद अर्याल तथा पूर्वमहासचिवहरूलाई आमन्त्रण गरी सुझाव संकलन गरेको छ। समितिले सभामुख अर्याललाई हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएको थियो।

समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेको जनाएको छ। मस्यौदा प्रचलित कानून, अदालतका फैसला तथा यसअघि प्रतिनिधिसभाले निर्माण गरेका कानूनहरूको दायराभित्र रहेर तयार पारिएको सभापति पराजुलीले बताउनुभयो।