५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडद्वारा चेल्सी पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आज राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १ – ० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि एकमात्र गोल माथिस कुन्हाले ४३औ मिनेटमा गरेका थिए ।

चेल्सीको गृह मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको यस खेल अवधिभर चेल्सीले निकै राम्रा मुभ बनाए पनि गोल गर्न चुकेको थियो । खेल अवधिभर ६० प्रतिशतको हाराहारीमा बल आफ्नो नियन्त्रणमा राखेको चेल्सीले युनाइटेडको पोस्टमा २० पटक बढी प्रहार गरे पनि गोल हुन सकेन ।

यो जितसँगै युनाइटेडले तेस्रो स्थानमा रहँदै अर्को सिजनका लागि च्याम्पियन्स लिगको ढोकालाई थप सुदृढ बनाएको छ । युनाइटेडले ३३ खेलबाट ५८ अंक जोडेको छ । च्याम्पियन्स लिगका लागि छनौट हुन संघर्षरत चेल्सी भने ३३ खेलबाट ४८ अंक सहित लिगको छैटौं स्थानमा छ ।

लिगका शीर्ष ५ टिम

१. आर्सनल – ७० अंक
२. म्यान्चेस्टर सिटी – ६४ अंक
३. म्यान्चेस्टर युनाइटेड – ५८ अंक
४. एस्टन भिल्ला – ५५ अंक
५. लिभरपूल – ५२ अंक

आज राति हुने खेलहरु

१. नटिङघम फरेस्ट vs बर्नली

२. ब्रेन्टफोर्ड vs फुलह्याम

३. आर्सनल vs म्यान्चेस्टर सिटी

४. लिभरपुल vs एभर्टन

५. क्रिस्टल प्यालेस vs वेस्ट ह्याम