९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्नेछ । सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ । यही मङ्सिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि दाहालको अध्यक्षतामा आज पहिलोपटक बैठक बसेको हो ।