१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पाकिस्ताननी मन्त्री मिर्जा र खेलकुदमन्त्री सुनारविच भेटवार्ता

पाकिस्ताननी मन्त्री मिर्जा र खेलकुदमन्त्री सुनारविच भेटवार्ता
अ अ+ अ-

काठमाडौं । पाकिस्तानकी अन्तर प्रान्तीय समन्वय मन्त्री डा. फेमिदा मिर्जा र नेपालका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारबीच भेटवार्ता भएको छ।

काठमाण्डौमा आयोजित तेह्रौं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन तीनदिने नेपाल भ्रमणमा आउनुभएका मन्त्री मिर्जाले सार्क राष्ट्रहरूको सहभागिता रहने साग खेलकुदको भव्य आयोजना गरेकोमा नेपाललाई बधाई दिनुभएको छ । साथै उहाँले युवा खेलकुदले पारस्परिक समझदारीको वातावरण तयार गर्नुका साथै सार्कको मनोभावना बमोजिम लोकतन्त्रको जग अझ दरिलो बनाएको बताउनुभयो। भेटमा मन्त्री मिर्जाले रोकिएको सार्क प्रकृयाले गति लिने विश्वास व्यक्त गर्नुभयो।

दुई मन्त्रीहरूबीच द्विपक्षीय सहयोग आदानप्रदानको प्रकृया र माध्यमको बारेमा छलफल भयो। सो सम्बन्धमा पाकिस्तानी मन्त्री डा. मिर्जाले नेपालले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ संयोगवश पाकिस्तान(नेपालबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षसँग मेल खाएको बताउनुभयो। यसले दुई देशबीच सबै क्षेत्रमा, खासगरी खेलकुद तथा युवा गतिविधिमा, तात्विक सहयोगको मात्रा बढाउने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले मन्त्री सुनारलाई आगामी वर्ष पाकिस्तानको भ्रमण गर्न निम्तो समेत दिनुभयो।

त्यस्तै, पाकिस्तान र नेपालबीच रहिआएको सुमधुर सम्बन्धलाई इंगित गर्दै मन्त्री सुनारले सबै अवसरलाई भरमग्दुर उपयोग गरी खेलकुद र युवा अन्तरक्रियाको माध्यमबाट दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने आफ्नो उत्कट ईच्छा व्यक्त गर्नुभयो। मन्त्री मिर्जाले जम्मु(कश्मीर विवाद र क्षेत्रीय अवस्थाको बारेमा धारणा प्रस्तुत गर्दै जारी तनावको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले क्षेत्रीय शान्ति र स्थिरता विकास र समृद्धिका पूर्वशर्त भएको बताउनुभयो।