१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गाउँमा विद्यालय नहुँदा धेरै विद्यार्थीले स्कूल छाडे

गाउँमा विद्यालय नहुँदा धेरै विद्यार्थीले स्कूल छाडे
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् ।

बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उहाँजस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् ।

भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले भन्नुभयो, “आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।”

“जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ”, उहाँले दुखेसो पोख्दै भन्नुभयो, “ खल्ला मसेटी गाउँमा यो पालिदेखि कक्षा ८ सम्मको अध्ययन हुँदैछ ।” बोहराले विगतमा माविस्तरको अध्ययन गाउँमा नहुँदा धेरै विद्यार्थीले स्कूल छाडेको बताउनुभयो ।

“गाउँ पूरै आर्थिकरुपले विपन्नले भरिएको छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल विस्तारको क्रममा रहे पनि गाउँमा बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार पुग्न सकेका छैनन् ।” त्यसैगरी विद्यालयबाट घर फर्किरहेको अवस्थामा बाटोमा भेटिनुभएकी विद्यार्थी सङ्गीता चन्दले अध्ययनका लागि निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो ।

“जङ्गल छेउको बाटो भएकाले गाउँका विद्यार्थी जम्मा भएर अनि स्कूल जान्छौँ”, चन्दले भन्नुभयो, “छात्रालाई एक्लै आउन जानसमेत समस्या छ ।” वर्षात्का बेला घरबाट स्कूल जान हिँडेका खल्ला मसेटीका विद्यार्थी ब्रह्मदेव आउँदाबीचमा पर्ने भिमेरीगाड खोलाको बाढीले घर फर्किनुपर्ने अवस्था आउने गरेको विद्यार्थी बोहराले बताउनुभयो ।

“गाउँमा बिजुली नहुँदा घरमा अध्ययन गर्न पनि समस्या हुन्छ”, विद्यार्थी दीपा चन्दले भन्नुभयो, “खल्ला मसेटीबाट मात्रै ६० भन्दा बढी विद्यार्थी हिँडेर ब्रह्मदेव आउँछन् ।” विगत तीन वर्षदेखि ब्रह्मदेव अध्ययनका लागि आइरहेकी चन्दले सडक र यातायात सुविधा नहुँदा विद्यार्थी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

“गाउँमा रहेको भीमदत्त स्मृद्धि आधारभूत विद्यालय स्तरोन्नति हुनसके हामीले यतिधेरै दुखः गर्नुपर्ने थिएन”, चन्दले भन्नुभयो, “हामीलाई सिंहदरबार होइन, गाउँमै स्कूल चाहिएको छ ।”

चन्दले भन्नुभयो, “गाउँमा मावि तहसम्मको विद्यालय छैन, अटो तथा सार्वजनिक भाडाका साधन पनि गाउँमा चल्दैनन् तर पनि पढ्नकै लागि गाउँबाट ६ किलोमिटर हिँडेर ब्रह्मदेव आउनैपर्ने बाध्यता छ ।” भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्लाम सेटीमा रहेको विद्यालय स्तरोन्नतिका लागि स्थानीय तह पहल गरिरहेको बताउनुभयो ।

“स्कूलमा विद्यार्थीको सङ्ख्या बढ्दै गए माविसम्म बनाउने भन्ने भएको छ”, वडाध्यक्ष नाथले भन्नुभयो, “सडक पूर्वाधार विकास र यातायातको पहुँच पु¥याउन पहल हुँदैछन् ।” उहाँले खल्लासम्म कच्ची सडक विस्तार गरिसकेको बताउँदै थप सडक विस्तारका लागि नगरपालिकाबाट डोजर ल्याएर केही दिनभित्रै शुरु गर्ने बताउनुभयो ।

खल्ला मसेटी र टिडीखेल गरेर सो क्षेत्रमा २७० परिवारको बसोबास रहेको नाथको भनाइ छ । “स्थानीय जनप्रतिनिधि आइसकेपछि सो क्षेत्रको विकासको ढोका खुलेजस्तै भएको छ”, उहाँले भन्नुभयो, “खल्ला मसेटी क्षेत्र नगरकै पिछडिएको ठाउँ हो ।” आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको खल्ला मसेटीका स्थानीय महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदूरी गरेर जीविकोपार्जन गर्छन् । वडाध्यक्ष नाथले महाकाली करिडोरको काम शुरु भए खल्ला मसेटी सडक सञ्जालसित जोडिनेमा आशावादी रहेको बताउनुभयो ।