५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु
तस्बिर : एएफपी
अ+ अ-

जेनेभा। सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ।

गाजामा अवस्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म रेकर्ड गरिएको यो सङ्ख्या गाजा युद्धमा उक्त समयसम्म मारिएका कुल ७१ हजार व्यक्तिको आधाभन्दा बढी हो।

“सन् २०२३ अक्टोबरदेखिसन् २०२५ डिसेम्बरको बीचमा गाजामा ३८ हजार भन्दा बढी महिला र केटीहरू मारिएका छन्, जुन इजरायली सेनाको हवाई र स्थल आक्रमणको कारण भएको होे,” संयुक्त राष्ट्रसङ्घ महिला तथा बालबालिका मामिला निकाय (युएन वुमनका) की प्रवक्ता सोफिया कलटर्पले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“गाजा युद्धमा मारिएका ती महिला तथा बालिकामध्ये २२ हजारभन्दा बढी महिला र १६ हजार भन्दा बढी केटीहरू सरहेका छन् । यसरी हेर्दा यो सङ्ख्या औसतमा कम्तिमा ४७ महिला र केटीहरूको भएको मृत्युसङ्ख्या हो ।

‘युएन वुमन’ले भनेको छ, “शवहरू अझै भग्नावशेषमा पुरिएको अवस्थामा भेटिने गरेको र रिपोर्टिङ प्रणालीहरू गम्भीर रूपमा सीमित रहेकाले युद्धमा मारिएका महिला तथा बालबालिकाको वास्तविक तथ्याङ्क योभन्दा अझ बढी हुन सक्छ।”

“महिला र बालिकाहरूको मृत्युको अनुपात गाजामा यसअघिको द्वन्द्वमा देखिएको भन्दा धेरै बढी रहेको देखिएको छ,” कलटोर्पले थप्नुभयो ।

सन् २००८ देखि २००९ को द्वन्द्वमा मारिनेमध्ये १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा मारिनेमा २२ प्रतिशत महिला र बालिकाको रहेको युएन वुमनको प्रतिवेदनमा उल्लेख छ ।

युएन वुमनले भनेको छ, “दुःखको कुरा के छ भने यति धेरै सङ्ख्यामा मृत्युपछि पनि युद्धबाट जीवन जोगिएका महिला तथा बालिकाहरूले अझै पनि जीवनमा दैनिक खतरा, भोकमरी, बारम्बार विस्थापन र अत्यावश्यक सेवाहरूमा गहिरो प्रतिबन्धित पहुँचको सामना गर्नु परेको छ।”

“कहालीलाग्दो मृत्युको सङ्ख्यासँग गाजामा लगभग ११ हजार महिला तथा बालिकाहरूलाई विनाशकारी चोटपटक लागेको छ र उनीहरू आजीवन अशक्तताको साथ मात्र बाँच्नेछन्,” कलटोर्पले भन्नुभयो ।

उहाँले थप्नुभयो, “युद्धले प्यालेस्टिनी परिवारलाई नयाँ आकार दिएको छ, गाजाका दशौँ हजार घरपरिवारहरू उनीहरूको पुरूष अभिभावक गुमाएका कारण अहिले महिलाहरूको अभिभावकत्वमा रहेका छन् । अविभावकत्व गुमाएका महिलाहरूले बाध्यात्मक र चुनौतिपूर्ण अवस्थामा परिवारको जिम्मेवारी बहन गरिरहेका छन् र उनीहरू अब ‘आय बिना, सहयोगको पर्खाइमा वा आवश्यक सेवाहरूमा पहुँचबिना’ आफ्नो परिवारको भरणपोषणको व्यवस्थापन गर्न बाध्य छन्।

कहालीलाग्दो अवस्था

द्वन्द्वका क्रममा झण्डै १० लाख महिला तथा बालिकाहरू बारम्बार विस्थापित भएका छन् भने करिब सात लाख ९० हजार महिलाहरूले खाद्य असुरक्षाको सङ्कट–स्तर वा विनाशकारी स्तरको अनुभव गरेका छन्।

कलटोर्पले भन्नुभयो, “फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमणसँगै सुरु भएको मध्यपूर्व युद्धले पनि सीमा पार बन्द र मानवीय पहुँचमा अवरोधका कारण गाजाको जनजीवन थप कठिनाइपूर्ण बनेको छ।”

सन् २०२५ अक्टोबरमा घोषणा गरिएको इजरायल र हमासबीचको कमजोर युद्धविराम गाजामा दुई वर्षभन्दा बढी युद्धपछि भएको थियो । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सीमापार आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो ।

हमासको नियन्त्रणमा रहेको र संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता कम्तीमा ७६६ प्यालेस्टिनीहरू मारिएका छन्।

युद्धविरामका बाबजुद हालैका महिनाहरूमा महिला र बालिकाहरूको हत्या जारी रहेको युएन वुमनले जनाएको छ। रासस