१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने, निवेदन दिन आग्रह



अ+ अ-

काठमाडौं । मधेशी समुदायका व्यक्तिहरूलाई मधेसी आयोगले निःशुल्क लोक सेवा तयारी कक्षा चलाउने भएको छ। आयोगले अधिकृतस्तरको परीक्षामा सामेल हुन योग्य मधेशी समुदायका व्यक्तिहरूलाई पुस १ गतेबाट तयारी कक्षा सुरू हुने पनि उल्लेख गरेको छ।

बुधबार सूचना निकालेर आयोगले कक्षामा सहभागी हुन चाहने इच्छुकलाई सात दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्र, स्नातक तह उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र मधेशी समुदाय हो भन्ने प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपीसहित आवेदन दिन आयोगले आग्रह गरेको हो।