५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति तथा पर्यटन सहकार्य विस्तारमा चीन–नेपाल सहमति



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज (गनेस) पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले मन्त्रालयमा भेटवार्ता गर्नु भएको छ । भेटमा दुवै पक्षबीच चीन–नेपाल सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ सुदृढ गर्ने विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा जनजीवन सुधारका प्रयासमा समर्थन रहने स्पष्ट पार्नु भएको थियो । दुवै देशले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्य अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटवार्तालाई द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको चिनियाँ राजदूतावासले जनाएको छ ।