१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सफलता नजिक पेट्रोलियम अन्वेषणको काम

सफलता नजिक पेट्रोलियम अन्वेषणको काम
अ अ+ अ-

दैलेख । यहाँ शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो ।

पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै छिट्टै सर्बेको निष्कर्ष आउने आशा गरिएको छ । चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलिले पेट्रोलियम अन्वेषणका विभिन्न काम एकै साथ अगाडि बढाएका हुन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् ।

अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ । साइस्मिक सर्वेअन्तर्गत जमीनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । विभिन्न चारवटा सर्वेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम शुरु गरिएको छ ।

सर्वेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरेर ड्रिलिङको काम शुरु गरिएको छ । दशमध्ये एउटा सर्कलमा जमीनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा उक्त कार्य तीव्ररुपमा अगाडि बढेको छ । जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूभर्वविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

पहाडी भूभाग भएकाले साइस्मिक सर्वेका लागि आवश्यक उपकरण लिन र लैजानसमेत समस्या हुने गरेको छ । भिरालो जमीन र बढीजसो स्थानमा ढुङ्गाको चट्टान भएका कारण सामान्य समस्या भए पनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलीले जानकारी दिएको छ । अन्वेषणका लागि ड्रिलिङ मेशिन राख्नुपर्ने, त्योसँगै जेनेरेटरलगायतका सामान लिन लैजान केही समस्या भएको छ । एक समूहमा आठ नेपाली कामदार र दुई जना विज्ञ सम्मिलित टोलीले विभिन्न दशवटा सर्कलभित्र काम गरेका छन् ।

चट्टानका कारण कहिलेकाहीँ मेशिनमा सामान्य समस्या उत्पन्न हुने गरेको भए पनि तत्काल मेशिन निर्माण गरेर काम शुरु भइरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिनुभयो । अन्वेषण कार्यका लागि आवश्यक पर्ने सबै खाले सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्रिय महत्वको परियोजना भएकाले जिल्लाको समग्र सुरक्षाको व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिकरुपमा नेपालले ठूलो फड्को मार्ने बताउनुभयो ।

“हामीले टोलीमा खटिएका विषयलगायतका अन्य विषयमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिकरुपमा भेटघाट गर्ने र कुनै स्थानमा अभान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौँ”, प्रजिअ कट्टेलले भन्नुभयो । अन्वेषणका लागि आवश्यक पर्ने सामान चुप्रा क्याम्पमा राखिएको छ । दिनभर विभिन्न भूभागमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ । दुल्लुमा पनि क्याम्प निर्माण गरिने भनिए पनि काम गर्ने सबै स्थान नजिकसम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट काम शुरु गरिएको छ । आवश्यकताअनुसार दुल्लुमा पनि क्याम्प खडा गर्ने तयारी आयोजनाको छ ।

पेट्रोलियम अन्वेषणको काम संवेदनशील भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षितरुपमा गर्नुपर्ने भएकाले कुन भूभागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने त्यस अघि वा पछि चिनियाँ टोलीले कुनै प्रतिक्रिया नदिने बताइएको छ । साइस्मिक सर्वेपछिको रिपोर्टका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ ।