१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धालु लिएर फर्किदै गरेको भ्यान दुर्घटना, २ को मृत्यु, १४ घाइते



अ+ अ-

बर्दिबास । बाराको गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको भ्यान दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा भ्यान दुर्घटना भएको हो ।

भ्यान दुर्घटनामा घाइते भएकी धनुषाको धनुषाधाम नगरपालिका ३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतो शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।

विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ ।