२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारमा नाटक



अ+ अ-

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ‘‘लागुऔषध प्रयोग तथा यसबाट उत्पन्न हुने विभिन्न समस्या’’ नामक एकदिने जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।

जलेश्वर कारागार कार्यालयको आयोजनामा श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरद्वारा आज कारागारको गृहबन्दीमा सो नाटक प्रदर्शन गरिएको जेलर मकसुदन महासेठले बताउनुभयो ।

उहाँले महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारभित्र रहेका विभिन्न मुद्दाका ५२० कैदीबन्दीको आचरणमा सुधार ल्याउने उद्देश्यले सो नाटक प्रदर्शन गराइएको बताउनुभयो ।

श्री अनुप जनकपुर मेडिया प्रोडक्सन हाउस प्रालि जनकपुरबाट महिला, पुरुष गरी १५ जनाको सङ्ख्यामा आएका कालाकारले जलेश्वर कारागारभित्र दुई घण्टा निक्कै रोचक र प्रभावकारी ढङ्गले नाटक प्रदर्शन गरेको जेलर महासेठले बताउनुभयो ।

सो नाटक हेरेपछि जलेश्वर कारागारभित्र रहेका कैदीबन्दी निक्कै प्रभावित बनेका तथा उनीहरु जेलपछिको जीवनमा लागुऔषध प्रयोग नगर्ने प्रतिबद्धता प्रकट गरेको मुख्य कैदी ९चौकीदार० रमेश सिंहले बताउनुभयो ।